शनिबार, १५ वैशाख २०८१

अमेरिकामा यसरी टुट्छन् सपना , अमेरिका प्रवेश गर्न खोज्ने केही ब्यक्तिहरुको दर्दनाक तस्विरहरु

समयपोष्ट २०७३ फागुन १ गते ५:४५

संसारकै शक्ति सम्पन्न राष्ट्र अमेरिका प्रवेशका लागि दुनियाँका प्रायजसो सबै मानिस लालायित हुन्छन् । अमेरिकामा उपलब्ध सेवा सुविधा र त्यहाँ पुगेपछि उच्च जिवन यापन गर्न पाईने लालसामा जो कोहिँ पनि अमेरिका छिर्न आतुर हुन्छन् । तर अमेरिकाको सपना सबैको लागि सहज कहाँ छ र ?
अमेरिका आसपासमा रहेका देशका नागरिकहरु हरेक साल अमेरिका पुग्ने असफल प्रयास गरिरहेका हुन्छन् । उनीहरु विभिन्न माध्यमबाट घुसपैठ गर्दै अमेरिका पुगिहाले अमेरिकाले ति नागरिकलाई न्याय भने गर्दैन । यस्तै कोशिश गरेका कर्यौ मानिसहरुको जिन्दगी बर्वाद हुने गरेको छ । यस्ता कर्यौ घटनाहरु बर्षौ देखि घट्दै आईरहेका छन् । अमेरिका पुग्न घुसपैठ गर्नेमा म्याक्सिको र आसपासका देशहरुका नागरिकहरु हुने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्याक्सिकोको सिमानामा ठूलो पर्खालनै लगाउँने घोषणा गरिसकेका छन् ।  
फोटोग्राफर निकोला ओकिनले खिचेका अमेरिका प्रवेश गर्न खोज्ने केही ब्यक्तिहरुको दर्दनाक तस्विरहरु यस्ता रहेका छन् । यि तस्विरहरु अहिले सोसल मिडियामा भाईरल भैरहेका छन् । 

Advertisement

2fएल साल्भाडोरका अरमांडो जो अमेरिका पस्न खोज्दा आफ्नो हातनै गुमाउँन पुगेका थिए । 

3fग्वाटेमाला कि आठ बर्षिया येनिफर दिदीको साथ अमेरिका जाँदै गर्दा दुर्घटनामा परिन् ।उनी माइग्रेण्ट भएकै कारण अमेरिकी अस्पतालमा उनले उपचार पाउँन सकिनन् । 

4fसन् २०११ मा मेक्सिकोका गोञ्जालो अमेरिकाको होण्डुरसमा बस्दै आएका आफ्नो परिवार कहाँ जान चहान्थे । तर उनी आफ्नो परिवारसम्म पुग्न सकेनन् । आफ्नो परिवारलाई खवर पुगोस् भन्ने उदेश्यका साथ फोटोग्राफरको सहयोगमा यस्तो सन्देश लेख्दै तस्विर खिचाए लोरेना,राफेल,म तिमीहरु दुवैलाई एकदम सम्झिन्छु र छिट्टै त्यहाँ आउँनेछु । 

5fदुई बालबालिकाहरुलार्इ साथमा राखेर लिएको अन्जान ब्यक्तिको हातमा रहेको कार्वोड पेपरमा लेखिएको छ: म होण्डुरसमा बाध्य भएर परिवारको सुरक्षार्थ ड्रग ट्राफिकर्सको लागि काम गर्थे । तर अन्त्यमा बाल बच्चको सुरक्षाको लागि मलाई त्यहाँबाट भाग्नुपर्यो । 

coverfअमेरिकामा घुस्न खोजेका टिओफिलो  सेंटोस रिवोरा र मेरिना
एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री