शुक्रबार, १६ चैत २०८०

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१७ को खोजी, ७ देखि १३ वर्षका बहिनीहरु बीच प्रतिस्पर्धा हुने

समयपोष्ट २०७३ फागुन १ गते ४:४५

बहिनीहरुका लागि कार्यक्रम ‘छैटौ अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ हुने भएको छ । बिगत ६ वर्ष देखि वार्षिक बिदामा रहेका स्कुले बहिनीहरुका लागि यो प्रतियोगिता हुने गरेको छ ।  
आगामी फागुन तथा चैतमा वार्षिक परिक्षा दिएर बसेका काठमाडौं उपत्यकाका ७ देखि १३ वर्षका बहिनीहरुका लागि यो कार्यक्रम हुन लागेको हो । यो कार्यक्रममा भाग लिन चाहनेहरुका लागि फारम खुल्ला गरिएको आयोजक संस्था सिजन मिडियका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । चैतको दोस्रो सातासम्म यो प्रतियोगितामा सहभागी हुन चाहनेहरुले फारम भर्न सक्नेछन् । १९ चैतमा पहिलो चरणको छनौट गरिने भएको छ । २० चैतबाट प्रतियोगीहरुको प्रशिक्षण सुरु गरिने भएको छ । प्रशिक्षण हरेक दिन विहान १० देखि बेलुका ४ बजेसम्म गरिने र प्रशिक्षणको अवधीमा सहभागीहरुलाई  खाजा पनि खुवाईने भएको छ ।
सिजन मिडियाले यो विगत ७ वर्ष देखि निरन्तररुपमा प्रतियोगिताको आयोजना गर्दै आएको हो । प्रतियोगितासँग यस पटक काठमाडौंको काँडाघारी स्थित अक्षरा स्कुलको विशेष रुपमा साथ रहेको आयोजक वन्तले जानकारी गराएका छन् । त्यस्तै गरि हामीलाई चन्द्रागीरी केवलकार,आमोदी ग्रुप यूएन्डमी लगायत विभिन्न संस्थाहरुवाट पनि विषेश सहयोग रहेको छ ।

Advertisement

Anju mam (22)

१५ बैशाखमा अन्तिम प्रतिस्पर्धा गरेर जुनियर स्कुल प्रिन्सेस सहित विभिन्न उपाधि प्रदान गरिने छ । बिजेताले क्राउन सहित विभिन्न उपहारहरु साइकल मोवाइल ट्याव साथै अक्षरा स्कुलमा छात्रावृत्रि पनि हासिल गर्ने छिन भने विभिन्न उपहारहरु  प्राप्त गर्ने छन् । 
प्रशिक्षणको क्रममा बालिकाहरुलाई काठमाडौंको चन्द्रागिरी केवुलकार, गोदावरी पार्क, छाउनी सँग्रहालय, काठमाडौं फनभ्याली , दरवार संग्राहालय , गोदावरी पार्क ,चिडियाखाना पशुपति मन्दिर, वौद्ध स्तुपा स्वयम्भु घुमाइने छ । यस्तै नृत्य, गायन सिकाइने छ । बालिकाहरुलाई बृद्धाआश्रम, अपाङ्ग वाल सेवा केन्द्र ,बागमती सरसफाई जस्ता सामाजिक काममा पनि सहभागी गराईने छ । हर्स राइडीङ तथा रक क्लाइमिङ साथै सिनेमा देखाईने, नाटक देखाईने जस्ता विभिन्न कार्यक्रम रहेको पनि प्रदिपराज वन्तले जानकारी गराएका छन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री