शनिबार, १५ वैशाख २०८१

नेपाल एसबिआई बैंकले वोनश शेयर र नगद लाभांश वितरण गर्ने

समयपोष्ट २०७३ माघ २८ गते ५:३२

नेपालपाल एसबिआई बैंकले २८ प्रतिशतका दरले वोनश शेयर र १.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको माघ २७ गतेको २३ औ बार्षिक साधारणसभाले शेयरधनीहरुलाई २८ प्रतिशतका दरले वोनश शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसैगरी अघिल्लो साधारणसभाबाट अनुमोदन भए बमोजिम ४०%  अर्थात १०:४ कित्ताका दरले हकप्रद बिक्री गर्ने प्रस्ताव समेत बैंकले पारित गरेको छ ।

Advertisement

बैंकले हकप्रद शेयर जारी गर्दा आउने भिन्न अंकलाई शेयरधनीबाट थप रकम लिई पूर्ण अंकमा परिणत गर्ने र त्यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापक शेयरधनीबाट जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट समेत थप लिई संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ७०ः३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

गत आर्थिक बर्षमा १ अर्ब ३३ करोड खुद नाफा कमाएको बैंकले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपैयाँ बराबरको हकप्रद बिक्री गर्नेछ । चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको बैकको बोनस वितरण पश्चात ४ अर्ब ९७ करोड रुपैयाँको हाराहारीमा पूँजी पुग्नेछ । हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री