शनिबार, १५ वैशाख २०८१

धितोपत्र बोर्डले नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई भन्यो : फागुन १३ गतेभित्र सेयर बाँडफाँट गर

समयपोष्ट २०७३ माघ २८ गते ५:१५

नेपाल लाईफ र फरवार्ड कम्युनिटी माईक्रोफाईनान्सलाई फागुन १३ गतेभित्र सेयर बाँडफाँट गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । वित्तिय बजारमा देखिएको तरलता अभाव समाधानमा सहयोग पुर्याउन भन्दै धितोपत्र बोर्डले  बिहीबार बिज्ञप्ति जारी गरी दुबै कम्पनीलाई फागुन १३ गतेभित्र सार्वजनिक निश्काशन गरिएको सेयर बाँडफाँड गर्न निर्देशन दिएको हो । 

Advertisement

बिज्ञप्तिमा वित्तीय बजारमा परेको तरलताको समस्या र त्यसको प्रतिकूल असर धितोपत्रको दोस्रो बजारमा समेत परेको देखिएकोले यस अवस्थालाई दृष्टिगत गरीे हालसालै सार्वजनिक निष्काशन गर्ने कम्पनीका साधारण शेयरको छिटो बाँडफाँट गर्ने व्यवस्था गरी तरलताको स्थितिलाई सहज पार्न सहयोग गर्न सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरुलाई निर्देशन दिइएको छ । 

विज्ञप्तीमा बोर्डले हालसालै थप सार्बजनिक निष्काशन गरेको नेपाल लाईफ ईन्स्योरन्स कम्पनी लि.को धितोपत्रको बाँडफाँट साविकको व्यवस्था अनुसार निष्काशन बन्द भएको मितिले ६० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ४० दिन भित्र अर्थात मिति २०७३।११।१३ (आजको दिन देखि १५ दिन) सम्ममा, र प्रारम्भिक सार्वजनिक निष्काशन गरेको फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था लि.को धितोपत्र बाँडफाँट विक्री बन्द भएको मितिले ५० दिन भित्र गर्नुपर्नेमा बोर्डले दिएको निर्देशन अनुसार ३० दिन भित्र अर्थात मिति २०७३।११।१३ (आजको दिन देखि १५ दिन) सम्ममा गर्नुपर्ने गरी सम्बन्धित निष्काशन तथा विक्री प्रबन्धकहरु क्रमशः सिद्धार्थ क्यापिटल लि. र नविल इन्भेष्टमेण्ट बैंकिङ्ग लि.लाई निर्देशन दिइएको छ । 

बोर्डले जारी गरेको विज्ञप्तीमा दुबै कम्पनीले चाँडै सेयर बाँडफाँट गरेमा गर्दा ३ लाख ७० हजार भन्दा बढी लगानीकर्ताहरुले रु ५५ अर्ब भन्दा बढीको रकम छिटो फिर्ता भुक्तानी पाई वित्तीय बजारमा देखिएको तरलताकोे समस्या समाधानमा सहयोग पुग्ने उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री