बुधबार, १२ वैशाख २०८१

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको बचतपत्र निश्कासन गर्ने,सोहि बचतपत्र धितो राखेर पुनः ऋण लिन सकिने

समयपोष्ट २०७३ माघ २७ गते ७:००

नेपाल राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले ५ अर्ब रुपैयाँको बचतपत्र निश्कासन गर्ने भएको छ । सर्वसाधारण नागरिकका लागि साढे ८ प्रतिशत व्याज दिनेगरी ऋण व्यवस्थापन विभागले पाँच वर्षको लागि सो बचतपत्र निश्कासन गर्न लागेको हो ।  पाँच वर्षको अर्थात २०७८ सम्मको हुने भएकाले सो बचतपत्रलाई  ‘नागरिक बचत पत्र २०७८’ नाम दिइएको  छ ।

Advertisement

सर्वसाधारणले कम्तीमा १० हजार रुपैयाँ  जम्मा  गरि यो बचतपत्र खरिद गरेपछि ६–६ महिनामा वार्षिक साढे ८ प्रतिशतका दरले हुन आउने व्याज पाउने छन् । जति रकम जम्मा गरिएको हो, सो अनुसारको पत्र सर्वसाधारणले पाउँनेछन् ।  नेपाली नागरिकले मात्रै खरिद गर्न सक्ने  सो बचतपत्र कुनै बैंक वा वित्तीय संस्थामा धितो राखेर पुनः ऋण समेत लिन सकिन्छ ।  सो बचतपत्र फागुन १ गतेदेखि २२ गतेसम्म बिक्री खुला हुने छ भने २०७८ फागुन २७ गते राष्ट्र बैंकले साँवा फिर्ता गर्नेछ। 

बचत पत्र किन्न चाहनेले नजिकको बैंक तथा वित्तीय संस्थाबाट फारम लिई  भरेर बुझाउन सक्नेछन्। नजिकैको बैंकबाट ६–६ महिनामा ब्याज लिन सकिन्छ।  यसका लागि नेपाली नागरिकताको प्रतिलिपी र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ। 

हाल राष्ट्र बैंकले १० प्रतिशत व्याजदर दिनेगरी वैदेशिक रोजगारमा रहेकाहरुका लागि यस्तै बचतपत्र निश्कासन खुलाईसकेको छ ।  फागुन १७ गतेसम्म आवेदन दिन सकिने यो वैदेशिक रोजगारी बचतपत्रको साँवा ५ वर्षपछि फिर्ता हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री