बुधबार, १२ वैशाख २०८१

यसकारण पुरुषहरुले हरेक बिहान खानैपर्छ भिजेको काँचो चना 

समयपोष्ट २०७३ माघ २६ गते ८:१०

चनामा बदाममा भन्दा पनि बढि न्यट्रिसन पाईन्छ । भिजाएको चना प्रोटिन,फाईवर,मिनिरल्स र भिटामिनले भरिपुर्ण हुन्छ । जसले कर्यौ रोगबाट बचाउँदै स्वस्थ रहन मद्त गर्छ । चना हरेक ब्यक्तिको लागि अत्यावश्यक छ तर खासगरी पुरुषहरुको लागि यो अतिनै आवश्यक डाईट हो । भिजाएको काँचो चना मात्र होईन चना भिजी सकेपछि फालिने पानी पनि स्वास्थ्को दृष्टिकोणले गुणकारी मानिन्छ ।
चनाको फाईदा
भिजाएको चना हरेक दिन खाने गर्दा यसले कमजोरी भगाउँछ ।

Advertisement

बिहान एक मुठ्ठि भिजाएको चना र एक चम्चा चिनी खाने गर्दा पुरुषहरुमा स्पर्म काउंट बढ्छ । 

भिजाएको चनामा अत्याधिक फाईबर हुने हुँदा यसले कब्जियतबाट छुटकारा दिलाउँछ साथै पाचन प्रकृया सहज बनाईदिन्छ । 

हरेक दिन बिहान भिजेको चनाको साथ मह खाँने गर्दा फर्टिलिटि बढ्छ । सख्खर र भिजेको चना खाँदा बारम्बार पिसाव लागि रहने समस्याबाट राहत मिल्छ भने पाईल्सको समस्या पनि दुर हुँदै हुन्छ । 

भिजाएको चनालाई काचै खाँदा छाला चिलाउँने,¥यासेस जस्ता समस्याबाट छुटकारा मिल्छ भने छालामा पनि ग्लो आउँछ । यसले शरीरमा रोग प्रतिरोधि क्षमता बढाउँछ साथसाथै  रुघा,खोकी जस्ता रोगहरुबाट समेत जोगाउँछ । 

चनामा भएको फोस्फोरसले हेमोग्लोविनको मात्रालाई बढाउँछ र मृगौलामा भएको सल्टलाई बाहिर निकाल्दछ जसले मृगौला सम्बन्धि रोग लाग्नबाट बचाउँछ । चनाले कोलस्ट्रोल कण्ट्रोल गर्ने हुँदा मुटु सम्बन्धि रोग लाग्नबाट बचाउँछ । मुटुलाई पनि स्वस्थ राख्छ ।   

भिजेको चना हरेक दिन खाँदा मेटाबोलिज्म बढ्ने गर्छ । यसले सुगरलाई कण्ट्रोलमा राख्ने हुँदा डायबेटिजबाट पनि जोगाउँछ । 
चना आईरनको सबैभन्दा ठूलो सोर्स हो । यसले रगतको कमि हुन दिदैन भने रगत सफा राख्न समेत मद्त गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री