शुक्रबार, ७ वैशाख २०८१

एसबिआई बैंकको शेयर नपरेको पैसा कहिले देखि फिर्ता हुन्छ ?

समयपोष्ट २०७३ माघ २६ गते ५:१५

नेपाल एसबिआई बैंकले निष्काशन गरेको ६७ हजार ७ सय ६७ कित्ता थप नयाँ  शेयर माघ २३ गते बाँडफाँड गरेको छ ।  शेयर बाँडफाँड पछि एफपीओमा आवेदन गरेका आवेदकलाई सेयर नपरेको रकम बैंकले माघ २८ गते शुक्रबारबाट फिर्ता गर्ने भएको छ । आवेदकले फारम बुझाएकै स्थानबाट रकम फिर्ता पाउँने बैंकले जनाएको छ । बैंकले पुस १० देखि १३ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ निष्काशन गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री