शुक्रबार, १६ चैत २०८०

निर्वाचन हुँने कुरामा शंका नगरौं : प्रधानमन्त्री

समयपोष्ट २०७३ माघ २५ गते ९:१९

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन हुने कुरामा आस्वस्थ हुन सबै पक्षलाई आग्रह गरेका छन् । मंगलबार निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी गराउँन आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले स्थानीय निर्वाचन हुने कुरामा कुनै शंका नगर्न आग्रह गरेका हुन् । 

Advertisement

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने,' ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’ 

त्यस्तै दाहालले नेपालमा  विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जोड दिदै नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको समेत बताए ।  

उनले नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत भएको भन्दै भने ,‘यसपालि म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् । अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो । उनले अगाडी भने,'हामीले निर्वाचन शिक्षालाई प्रभावकारी त बनाउनैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री