बिहीबार, १३ वैशाख २०८१

दिव्यश्वरी हाइड्रोको सेयर नेप्सेमा सुचिकृत,केही दिनमै कारोबार हुने

समयपोष्ट २०७३ माघ २५ गते ८:३९

दिव्यश्वरी हाइड्रोको सेयर दोस्रो बजारमा कारोबार हुने भएको छ । केही समय अघि साधारण सेयर निष्काशन गरेको कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयर नेपाल स्टक एक्सचेञ्जमा  कारोबार गराउन सुचिकृत गराएपछि केही समयमानै सेयर कारोबार हुने भएको हो । यससंगै कम्पनीले संस्थापक सेयर पनि कारोबारका लागि सुचिकृत गराएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि २ लाख ६४ हजार कित्ता सेयर  र अर्को चरणमा ३ लाख ९६ हजार कित्ता सेयर निष्काशन गरेको थियो  ।  कम्पनीले संस्थापकको १९ लाख ८० हजार कित्ता सहित जम्मा २६ लाख ४० हजार कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत गराएको छ । 

Advertisement

कम्पनीले गत फागुन ३० देखि चैत १४ सम्म १ सय रुपैयाँ अंकित दरले २ लाख ६४ हजार कित्ता साधारण सेयर निष्कासन गरेको  थियो । कम्पनीले  ७ सय ३३ दरखास्तबाट परेको आवेदनको १० लाख १४ हजार ३ सय ७० कित्ताको ४० प्रतिशत साना लगानीकर्तालाई समानुपातिकरुपले तथा ६० प्रतिशत १५ लाख ८४ हजार कित्ता अन्य लगानीकर्तालाई वितरण गरेको थियो  ।  

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री