शुक्रबार, १४ वैशाख २०८१

नोवेल पुरस्कार विजेताको चोरी भयो नोवेल पुरस्कारको सर्टिफिकेट

समयपोष्ट २०७३ माघ २५ गते ८:१२

भारतिय नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीको घरमा सोमबार राती चोरी भएको छ । भारतको दिल्ली स्थित अलकनंदा अपार्टमेण्टमा बस्दै आएका सत्यार्थीको घरमा चोरले ताल्चा फोडेर सामानहरु चोरी गरेको जनाईएको छ । रोचक कुरा त के छ भने यस चोरीमा चोरले सत्यार्थीलाई नोवेल पुरस्कार दिदाँ दिएको सर्टिफिकेट समेत चोरेर लगेको छ । सत्यार्थीले नेवेल पुरस्कार देशलाई समर्पित गरेका थिए । सत्यार्थीले पाएको मेडल भने भारतिय राष्ट्रपति भवनमा राखिएको छ । सत्यार्थी ल्याटिन अमेरिकाको एक कार्यक्रममा सहभागिता जनाउँन बोगोटा गएको बेला यस्तो घटना भएको हो ।  
 

Advertisement

को हुन् सत्यार्थी 
भारतको मध्य प्रदेश स्थित विदिशामा सन् १९५४ जनवरी ११ मा जन्मिएका सत्यार्थीले  भारतमा 'बचपन बचाओ आंदोलन' एनजीओ चलाउँने गरेका छन् । उनलाई  सन् २०१४ मा नेवेल शान्ति  पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला  उनीसंगै पाकिस्तानकी मलाला युसुफजाई पनि नोवेल पुरस्कारबाट सम्मानित भएकी थिईन् । सत्यार्थी पेशाले ईञ्जिनियर भएतापनि उनले २६ बर्षको उमेरमा इञ्जिनियिरंगलाई पुर्णविराह्म लगाउँदै बालबालिकाको  निम्ति जिवन समर्पित गरेका हुन्  । उनी बालअधिकारको क्षेत्रमा काम गर्दै आएका छन् । 

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री