बिहीबार, १३ वैशाख २०८१

नेपाल एसबिआई बैंक बन्यो अनलाइनसेवा सञ्चालन गर्ने पहिलो बैंक

समयपोष्ट २०७३ माघ २५ गते ७:२२

नेपाल एसबिआई बैंकले अनलाइन सेवा सुरु गरेको छ । उपत्यकामा आयोजित एक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले अनलाइन प्रविधिमा आधिरित सेवाहरुको सुभारम्भ गरेका हुन् । यससंगै  एसबिआई बैंक अनलाइनसेवा सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ । 

Advertisement

बैंकले सेवाग्राही/लगानीकर्ताहरुलाई नविनतम एवं आधुनिक प्रविधिमा आधारित सेवा उपलब्ध गराउने बैंकको व्यबसायिक रणनिति अनुसार अनलाइन सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सेवा विस्तार भएसंगै  एसबिआई बैंकको अनलाइन सेवामा आवद्ध ग्राहक,लगानीकर्ताहरुले कुनै पनि कम्पनीको पीओ, आइपीओ राइट्स इस्यु सार्वजनिक निष्काशनमा बैंकमा उपस्थित नभईकनै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री