बिहीबार, १३ वैशाख २०८१

पूर्वका माओवादी कार्यकर्तालाई ऊर्जामन्त्रीले भने ‘अलैंचीसँग बिजुली साटौ, जीवनस्तरमा नसोचेको  सुधार आउनेछ’

समयपोष्ट २०७३ माघ २१ गते ११:३४

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदुर पूर्वका जनतासँग प्रस्ताव गरेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गरे । 
‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको  सुधार आउनेछ’ मन्त्री शर्माले भने ‘यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।’ 
उनले नेपालको पानी जनताको लगानी कार्यक्रममार्फत आफुले समाजवादी कार्यदिशा लागु गरेको तर्क प्रस्तुत गरे । नयाँ संविधानले समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको भन्दै मन्त्री शर्माले आफुले सोही अनुसार काम गरेको बताए । नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्येक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै उनले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन आव्हान गरे । नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको संभाव्यता पहिचान भइसकेको अवस्थामा यसैलाई पकडेर मात्र सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिने उनको भनाइ छ । कार्यकर्ताहरुको व्यवस्थापन र जनताको जीवनस्तर सुधार गर्ने क्रमको शुरुवात हाइड्रो पावरबाट गर्न सकिने मन्त्री शर्माको विश्वास छ । 
देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिनै तर्क गर्दै मन्त्री शर्माले समृद्धि विनाको स्वाभिमानको नारा हवाई कल्पना मात्र भएको टिप्पणी गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री