शनिबार, १५ वैशाख २०८१

प्रिपेड ग्राहकलाई शनिबारबाट फोर-जी सेवा उपलब्ध हुने, सिआरबिटी सेवा पनि भाेलिबाटै

समयपोष्ट २०७३ माघ २१ गते ६:३४

 नेपाल टेलिकमले शनिबारबाट जीएसएम प्रिपेड ग्राहकलाई फोर-जी सेवा  उपलब्ध गराउँने भएको छ । पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै जादाँ टेलिकमले वाषिर्क उत्सवका अवसर पारेर  फोर-जी सेवा उपलब्ध गराउँने भएको हो । यो सेवा काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र उपलब्ध हुने छ । काठमाडौं र पोखरा पछि अन्य जिल्लामा यो सेवा विस्तार गर्न टेलिकम केन्द्रित हुने नेपाल टेलिकमले जनाएको छ । यसका लागि टेण्डर गर्ने प्रक्रिया सुरु भइसकेको  छ ।

Advertisement

टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चिएर फोर-जी सेवा प्रारम्भ गरेको हो । काठमाडौंमा फोर-जीका लागि  ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको थियो । पोखराको लेकसाइड र न्युरोड क्षत्रेमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध छ ।

१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।

यसअनुसर फोर-जीले अधिकतम् ३२.४ एमबीपीएस गतिको डाटा उपलब्ध गराउँछ । यसलाई १०० एमबीपीएस बनाउन टेलिकमले ५ मेगाहर्ज ब्याण्डविथ थप गर्ने तयारी गरेको छ ।यस्तै टेलिकमले कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुचारु गर्ने भएको छ । केही समयअघिदेखि यो सेवा बन्द थियो ।  भाेलिबाटै यो  सेवा पनि सुरु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री