शुक्रबार, १४ वैशाख २०८१

सामसुङ डिजिटल प्लाजा बिर्तामोडमा

समयपोष्ट २०७३ माघ २१ गते ५:२८

नेपालको लागि सामसुङको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले सामसुङ डिजिटल प्लाजा झापाको बिर्तामोडमा सुरुवात गरेको छ । ग्राहकहरुको विशेष सुविधालाई ध्यानमा राख्दै प्रालिले अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा महेन्द्ररत्न स्टोर बिर्तामोडमा सुरुवात गरेको हो ।सामसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङका उत्पादनहरु उपलब्ध गराउने सामसुङ डिजिटल प्लाजाको मुख्य उद्देश्य रहेको छ । प्लाजाले सामसुङका विश्वस्तरिय उत्पादनहरु एलइडी टिभी, मोबाइल, रेफि्रजेरेटर, भ्याकुम क्लीनर, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायतका सामाग्रीहरु विक्री गर्नेछ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री