शुक्रबार, १६ चैत २०८०

नयाँ स्कोडा र्यापिड बजारमा

समयपोष्ट २०७३ माघ १९ गते ५:३९

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेडान सेग्मेन्टमा स्टाइलिश नयाँ स्कोडा र्यापिड फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको छ । काठमाडौंमा एक भब्य समारोहको आयोजना गरी र्‍यापीडको नयाँ स्वरुपलाई मंगलबार सार्वजनिक गरिएको हो । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्यापिड पफर्मेन्स अझ पनि परिस्कृत रहेको कम्पनीले जनाएको छ ।  नेपालमा १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध हुने स्कोडा र्‍यापिडको मुल्य पेट्रोलको ३४ लाख ९५ हजार रूपैयाँ र डिजलको ३९ लाख ९५ लाख रुपैयाँ तोकिएको छ ।  कम्पनीका अनुसार ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड गरी ६ कलर र  तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शो-रुमहरुमा उपलब्ध हुनेछ ।

Advertisement

1f

 

 

नयाँ स्कोडा यापिडमा ब्रान्डको सिग्नेचर डिजाइन ल्याङवेजसँग मिल्ने आधुनिक क्रिस्टलाइन डिजाइन छ । यसमा शार्प एंगल र कर्भहरु प्रयोग गरिएका छन् जसले यसलाई निकै आकर्षक सेडान बनाएको छ । नयाँ कारको डिजाइन स्कोडाको देश चेक सम्पदाबाट प्रभावित छ । उत्कृष्ट क्रिस्टलाइन डिजाइन भएको बम्पर र फेन्डरमा पनि देख्न  सकिने यो कारको बाह्य डिजाइन आधुनिक र भावनात्मक रुपमा आकर्षक रहेको छ । नयाँ स्कोडा ‘सिग्नेचर गि्रल र क्वार्ज-कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट’ले कारलाई उत्कृष्ट बनाएको छ । यस कारमा सुरक्षाको दृष्टिले अनिवार्य ‘डे रनिंग लिड लाइट’ पनि जडान गरिएको छ । डोर ह्यान्डलमा लगाइएको ‘डेक लिड’ र क्रोमले कारलाई पि्रमियम लुक्स दिएको छ भने यसमा लगाईएको  ‘सी’ आकारको टेललाइटले कारलाई आकर्षक बनाएको छ ।  यस कारको सिटहरु  प्रिमियम लेदरका छन् र श्रृंगारमा प्रयोग गरिएको क्रोमले यसलाई पर्फेक्ट लक्जरी कार बनाएको छ । ‘ड्युअल-टोन इबोनी-स्यान्ड कन्ट्रास्ट’ले नयाँ स्कोडा र्‍यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको छ । 

2

 

 

नयाँ स्कोडा र्‍यापिडको आकर्षक डिजाइन, ‘एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ’, ‘इलेक्टि्रकल्ली फोल्डेबल’ र ‘साइड टर्न इन्डिकेटर’सहितको ‘एड्जस्टेबल मिरर’ले यात्रालाई  आरामदायी बनाउँछ । कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । कारमा जडान गरिएको  मिररलिंक प्रविधिले स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउने छ । युएसबी वा अक्स-इन वा ब्लुटुथ वा एसडी कार्डमार्फत पनि  कारसँग स्मार्टफोन कनेक्ट गर्न सकिनेछ ।  र्‍यापिडमा ‘एड्जस्टेबल ड्युअल रियर एसी भेन्ट’ सहितको चामत्कारिक क्लाइमेट्रोनिक प्रविधि  पनि समावेस गरिएको छ भने यसमा ‘रेन सेन्सिङ वाइपर सिस्टम’ छ । ‘इन-बिल्ट क्रुज कन्ट्रोल’, ‘एडजस्टेबल हेडरेस्ट’, ‘फोल्डेबल आर्मरेस्ट’, ‘ग्लोब बक्स’ र पर्याप्त लेग रुमले नयाँ स्कोडा र्‍यापिड ‘क्लास-लिडर’ बनाएको छ । नयाँ स्कोडा र्‍यापिडमा ‘ड्युअल एयरब्याग’ र ‘एन्टी लकिङ ब्रेक सिस्टम’ (एबीएस) जस्ता सुरक्षा सुविधा छन् । ‘क्वार्ज-कट हेडलाइट’, ‘लिड डे रनिङ लाइट’, ‘इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल’ र ‘हिल होल्ड कन्ट्रोल’ जस्ता प्रविधि पनि राखिएको छ । ‘पार्कटोनिक रियर पार्किङ सेन्सर’, ‘अटोमेटिकल्ली डिमिङ रियर भ्यु मिर’ र कारको झ्यालमा प्रयोग गरिएको ‘वान टच एन्टि पिन्च’ प्रविधि नयाँ स्कोडा कारका सुरक्षा विशेषताहरु हुन् । नयाँ स्कोडा र्‍यापिडमा ‘अटो फ्युल कट अफ’ (फायर पि्रभेन्सन सिस्टम) पनि जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री