
पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट हेलिकोप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका छन् । कैलाश हेलिकोप्टर प्रयोग गरी उनी काठमाडौं आइपुगेका हुन् । मौसमका कारण नियमित उडान ढिला हुने भएपछि उनले हेलिकोप्टर रोजेको स्रोतले जनाएको छ ।
विमानस्थलमा उनलाई ठूलो संख्यामा समर्थकहरूले स्वागत गरेका थिए । राजसंस्था पुनर्स्थापनाको माग गर्दै नाराबाजी र प्रदर्शनकारीहरूले उत्साहजनक स्वागत गरे । समर्थकहरू बिहानैदेखि विमानस्थल बाहिर जम्मा भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूले भव्य स्वागतको तयारी गरेका थिए ।
विमानस्थलबाट बाहिर निस्किएपछि पूर्व राजा शाहलाई समर्थकहरूले निर्मल निवाससम्म पुर्याउने क्रममा र्याली निकालेका छन् । यस क्रममा विमानस्थलदेखि गौशाला, चाबहिल र महाराजगञ्ज क्षेत्रमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । सडकमा भीडभाड र नाराबाजीका कारण यातायात अस्तव्यस्त बनेको छ ।
यसअघि काठमाडौं जिल्ला प्रशासनले विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरी सुरक्षा व्यवस्था कडा पारेको थियो । तर पनि समर्थकहरूले शान्तिपूर्ण रूपमा स्वागत कार्यक्रम सञ्चालन गरेका छन् ।









प्रतिक्रिया