“गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

गरिमा विकास बैंक लिमिटेड कोष प्रबर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्धित पहिलो खुलामुखी योजनाको रुपमा रु एक अर्ब बराबरको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन स्वीकृति प्राप्त भएको छ ।

Advertisement

नेपाल धितोपत्र बोर्डबाट माघ महिना २१ गते उक्त योजनाको सार्वजनिक निष्काशनका लागि स्वीकृती प्राप्त भएको हो । 

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

Advertisement

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । 

यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री