
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगले साहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि यो कदम चालेको हो । उक्त सामग्रीमा सादा पोसाकका प्रहरीले शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी परेको आयोगले सोमबार जनाएको छ ।
साहको निर्वाचन प्रचारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा आयोगले गम्भीर चासो व्यक्त गरेको छ । यस सम्बन्धमा के कसो भएको हो भन्ने स्पष्ट जवाफ माग्दै आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने गतिविधिमा उम्मेदवार वा उनका तर्फबाट संलग्न व्यक्ति रहेको पाइएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही हुने आयोगले चेतावनी दिएको छ । यसअघि पनि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे आयोगले बालेनलाई स्पष्टीकरण सोधिसकेको थियो ।









प्रतिक्रिया