आइतबार, २२ असार २०८२

नेपाली रेडियो: अब श्रोताकाे समय अनुसार !

समयपोष्ट २०८१ फागुन ९ गते १४:०७

Advertisement

अब नेपाली रेडियोका कार्यक्रमहरू आफ्नो सुविधाअनुसार सुन्न सकिने भएको छ । विदेशमा रहेका तथा व्यस्त दिनचर्याका कारण रेडियो कार्यक्रमहरू छुटाउने नेपाली श्रोताहरूका लागि, नेपालकै पहिलो डिजिटल पात्रो “नेपाली पात्रो” ले समाधानसहितको नयाँ सुविधा उपलब्ध गराएको छ।

यस सुविधाअन्तर्गत, नेपाली रेडियोका पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नेपाली पात्रो एपमा नामसहित अडियोरूपमा उपलब्ध हुनेछन्। प्रयोगकर्ताहरूले नेपाली पात्रो एप डाउनलोड गरी रेडियो फिचरबाट आफूले छुटाएका तथा मनपर्ने कार्यक्रमहरू कुनै पनि समयमा सुन्न सक्नेछन्।

नेपालका ४००+ लोकप्रिय एफएम रेडियोहरूमा प्रसारित सूचना, समाचार, ज्ञानगुन, तथा मनोरञ्जनात्मक सामग्रीहरू अब सहज रूपमा सुन्न सकिन्छ। साथै, पेट्रोलियम पदार्थको मूल्य, विदेशी विनिमय दर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ जस्ता दैनिक आवश्यक जानकारीहरू नेपाली पात्रो एपमार्फत उपलब्ध छन्, जसले गर्दा प्रयोगकर्ताहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको छ।

गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ प्राप्त गर्दै, नेपाली पात्रो नेपाली प्रयोगकर्ताहरू माझ विश्वासिलो पात्रो, पंचांग, राशिफल, सार्वजनिक बिदा, तथा नेपालका प्रमुख समाचार स्रोतहरूबाट ताजा अपडेट प्रदान गर्ने लोकप्रिय एप बनिसकेको छ।

Advertisement

“हामी नेपाली पात्रोलाई अझ उपयोगी तथा प्रयोगकर्ता मैत्री बनाउन नयाँ प्रविधिहरूमा काम गरिरहेका छौँ। सुरक्षित प्रविधिको सुनिश्चितता गर्दै, प्रयोगकर्ताहरूको सल्लाह-सुझावलाई आत्मसाथ गर्दै एपलाई निरन्तर सुधार गर्दै लैजान पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौँ,” नेपाली पात्रोले जारी गरेको प्रेस-विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री