सन नेपाल लाइफको सिनियर डीसीईओमा कवि फुयाँल नियुक्त
समयपोष्ट
२०८१ फागुन ९ गते ११:१०

सन नेपाल लाइफ इन्स्योरेन्सले कवि फुयाँललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा नियुक्त गरेको छ।
यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा कार्यरत थिए। उनले आफ्नो दोस्रो कार्यकाल सुरु हुनु एक दिनअघि, भदौ ६ गते, सो पदबाट राजीनामा दिएका थिए।
उनको नेतृत्वमा आइएमई लाइफ इन्स्योरेन्सलाई शीर्ष जीवन बीमा कम्पनीको सूचीमा स्थापित गर्न सफल भएका थिए। फुयाँलले वैदेशिक रोजगार म्यादी बीमालाई मात्र प्राथमिकता नराखी सावधिक प्रकृतिका परम्परागत बीमालेखहरूको बिक्रीलाई समेत सन्तुलित रूपमा अगाडि बढाएका थिए।



























प्रतिक्रिया