बिराटनगरमा पहिलो आधुनिक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा
बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन, र सिर्जनात्मक विकासलाई मध्यनजर गर्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। व्यस्त अभिभावकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस डे केयर केन्द्रले बच्चाहरूलाई सुरक्षित, मनोरञ्जनात्मक तथा ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ।
‘किडोपिया स्टुडियो’ ले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिँदै अत्याधुनिक सुविधाहरू समेटेको छ। यसमा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य-श्रव्य शिक्षण (एभी) कोठा, आईटी तथा आर्ट & क्राफ्ट स्टुडियो जस्ता सिर्जनात्मक गतिविधिहरू समावेश छन्। साथै, तार्किक सोच र समस्या समाधान क्षमताको अभिवृद्धि गर्न ब्रेन गेम तथा पजल्सको विशेष व्यवस्था गरिएको छ। बच्चाहरूको पोषण र स्वास्थ्यलाई ध्यानमा राख्दै पौष्टिक भोजनको आपूर्ति गरिएको छ भने आकस्मिक अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचार (फर्स्ट एड) सेवा पनि उपलब्ध गराइएको छ।
बालबालिकाको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ‘किडोपिया स्टुडियो’ मा गेटेड सेक्युरिटी अर्थात् निगरानीयुक्त सुरक्षित वातावरण निर्माण गरिएको छ। प्रशिक्षित शिक्षक तथा अनुभवी स्टाफको साथमा बच्चाहरूले खेल्दै-खेल्दै सिक्ने अवसर पाउनेछन्, जसले उनीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासलाई सघाउनेछ।
बिराटनगर-१० मा अवस्थित ‘किडोपिया स्टुडियो’ हप्ताको सातै दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ। सुरक्षित र शिक्षणमैत्री वातावरणमा बालबालिकालाई राख्ने अवसर प्राप्त हुने भएकाले यो स्टुडियो अभिभावकहरूको प्रमुख आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया