प्रकृति लम्सालको नाममा विशेष छात्रवृत्ति कोष स्थापना गर्ने केआइआइटी कलेजको घोषणा
ओडिसास्थित केआइआइटी कलेजले प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने घोषणा गरेको छ।
मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने घोषणा गरेको हो । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।
यस पहलले भविष्यमा प्रकृति जस्ता धेरै प्रतिभाशाली नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास किटले व्यक्त गरेको छ।
यस घटनाको पश्चात किट विश्वविद्यालयमा ठूलो विरोध भएको थियो। प्रकृति लम्सालको मृत्युपछि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए र केही विद्यार्थीहरूलाई होस्टलबाट निकाल्ने कार्यसमेत गरिएको थियो। नेपाल र भारतका विभिन्न स्थानमा यस घटनाबारे विरोध गरिएको थियो।
किटका प्राध्यापक सामन्तले नेपालका काउन्सिलरहरूसँग भेट गरेका छन् र गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग फोन मार्फत घटनाबारे जानकारी गराएका छन्। किट विश्वविद्यालयले स्वर्गीय प्रकृतिको नाममा प्रदान गरिएको छात्रवृत्तिको माध्यामबाट अन्य नेपाली विद्यार्थीहरूलाई शैक्षिक अवसरहरूको सहज पहुँच प्रदान गर्ने प्रयास गरेको छ।
प्रतिक्रिया