एस.के इनर्जीको आइपिओ निष्काशनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक नियुक्त

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका २० लाख ८० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो । कुल रु. २० करोड ८० लाख बराबरको आईपीओ निष्काशन गर्न सानिमा क्यापिटलले आवश्यक प्रक्रियाहरू सञ्चालन गर्नेछ ।

Advertisement

सो सम्बन्धी सम्झौता पत्रमा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेड भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको बहाव सदुपयोग गर्दै ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री