ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशम राज रेग्मी नियुत्त

ज्योति विकास बैंक लिमिटेडको सञ्चालक समितिको ५०९ औं बैठकले वरिष्ठ अधिवक्ता रेशम राज रेग्मीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ। उनको नियुक्ति माघ २३ गतेदेखि लागू हुने गरी गरिएको बैंकले जनाएको छ।

Advertisement

रेग्मीलाई बैंकिङ्ग तथा कानूनी क्षेत्रको अनुभवी व्यक्तित्व मानिन्छ। नेपाल राष्ट्र बैंकमा करिब २५ वर्ष विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका उनले नेपाल सरकारका विभिन्न निकायमा कानूनी सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका छन्। कानून विषयमा स्नातकोत्तर गरेका रेग्मी नेपाल मध्यस्ता परिषदका आजीवन सदस्य हुन्। उनले संस्थागत सुशासन, एएमएल (Anti-Money Laundering) तथा बैंकिङ्ग क्षेत्रको विविध पक्षमा विशेष ज्ञान हासिल गरेका छन्।

बैंकको सामाजिक उत्तरदायित्व र योगदान
ज्योति विकास बैंकले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै समाजप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गरेको छ। समाज सुधार र दिगो परिवर्तनका लागि नवीनतम पहलहरु गर्दै आएको बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५०% बढी रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनामा खर्च गर्दै आएको छ।

विशेष गरी नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि बैंकले “न्यानो नानी” परियोजनाको सुरुआत गरेको छ। यस पहलमार्फत बैंकले प्रत्येक वर्ष करिब १,८८७ नवजात शिशुहरूको जीवन रक्षा गर्न सफल भएको छ। बैंकले स्वास्थ्य क्षेत्रमा मात्र नभई समग्र वित्तीय पहुँच विस्तार गर्दै समाजमा सकारात्मक परिवर्तनको बीजारोपण गरिरहेको छ।

हाल बैंकका १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर, तथा ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकले आफ्नो सेवा विस्तार गर्दै वित्तीय समावेशिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री