शनिबार, ८ कार्तिक २०८२

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

समयपोष्ट २०८१ माघ २१ गते १९:४१

Advertisement

नेपाल अटोमोबाइल डिलर्स एशोसिएशन (नाडा) ले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ।

काठमाडौँमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा वाडाका नव निर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडासँग सहयोगको औपचारिक आग्रह गरेका थिए।

उक्त अवसरमा वाडा अटो शो को सम्भाव्यता र मोडालिटीबारे विस्तृत छलफल गरिएको थियो। छलफलपछि २०८१ चैत १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने निर्णय भएको छ। साथै, नाडाले प्रमुख सल्लाहकारको भूमिकामा रहेर सम्भाव्यता अध्ययन र सर्वेक्षण प्रतिवेदनको आधारमा थप प्रक्रिया अघि बढाउने जिम्मेवारी लिएको छ।

कार्यक्रमका दौरान नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना स्वरूप सोभेनियर प्रदान गरे। कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सञ्चालनको भूमिका निर्वाह गरेका थिए भने धन्यवाद ज्ञापन नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गरेका थिए।

Advertisement

नाडाले सन् १९९८ देखि राजधानीमा नाडा अटो शो गर्दै आएको छ। १६औं संस्करणको नाडा अटो शो २०२४ गत भदौमा भृकुटीमण्डपमा सम्पन्न भएको थियो। नाडाले अब अन्य प्रदेशहरूमा पनि अटो शो आयोजनाको सम्भाव्यता अध्ययन गर्ने योजना बनाएको छ।

सो कार्यक्रममा नाडाका तर्फबाट निबर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योती, आमन्त्रित सदस्य अनुपकुमार बराल, नविन कुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल, र प्रगुन राजभण्डारीको उपस्थिति रहेको थियो।

वाडाका तर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्यसमिति सदस्य शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी, र कार्यालय सचिव गोविन्द पौडेल सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री