शनिबार, ३ जेठ २०८२

नेपाल लाइफ इन्स्योरेन्सको सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न

समयपोष्ट २०८१ माघ २० गते २०:२४


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय नेपाल लाइफ इन्स्योरेन्सको सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न सफलता पूर्वक सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक व्यापार समीक्षासँगै बाँकी समयका लागि सेल्स रणनीति तय गरिएको थियो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि कम्पनीका संचालक कमलेश कुमार अग्रवाल रहनुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत कम्पनीका उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संचालक अग्रवालले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमा उद्योगको मार्गदर्शक रहेको बताउँदै, अहिले हासिल उपलब्धिलाई अझ उचाइमा पुर्याउने अपार सम्भावना रहेको उल्लेख गर्नुभयो। ग्राहक-मैत्री सेवा प्रवाह गर्न कम्पनी सधैं तयार रहेको जानकारी दिँदै उहाँले बीमा बजारको विस्तार तथा बीमाको पहुँच बढाउन सेल्स टिमले अझ लगनशीलताका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो। साथै, कम्पनीले विभिन्न क्षेत्रमा लगानी विविधिकरण गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफ इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै, यस सफलतामा योगदान गर्ने सम्पूर्ण अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो। उहाँले बीमा सम्बन्धी जनचेतना अझै अपूरो रहेकोले बीमा बजार विस्तारको ठूलो सम्भावना रहेको औंल्याउनुभयो। कम्पनीले इनोभेटिभ प्रोडक्टहरू ल्याउने योजना अघि बढाइरहेको र बीमितहरूलाई सहज सेवा उपलब्ध गराउन प्रविधिको उपयोग गर्दै डिजिटल प्रणालीको विकास गरिरहेको बताउनुभयो। निकट भविष्यमा बीमितहरूले घरमै बसेर बीमा सेवा सहजै प्राप्त गर्ने प्रणाली लागू गरिने जानकारी उहाँले दिनुभयो।

कार्यक्रममा नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीद्वारा तय गरिएका लक्ष्यहरू प्राप्त गर्न सेल्स टिम प्रतिबद्ध रहेको बताउनुभयो। कम्पनीले प्रस्तुत गरेको मार्गदर्शनलाई आत्मसात गर्दै जीवन बीमाको बजारीकरण, जनचेतना अभिवृद्धि तथा बीमाको पहुँचलाई व्यापक बनाउन कुनै कसर बाँकी नराखी कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ नवीनतम योजना, सेवा तथा प्रविधिहरूको प्रयोग गर्दै बीमा बजारमा थप प्रतिस्पर्धी बनेर अगाडि बढ्ने स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री