सोमालियामा आइएसका ‘प्रमुख’ नेता लक्षित अमेरिकी कारबाहीमा कैयौँ आइएस लडाकूको मृत्यु

सोमालियाको अर्धस्वायत्त पुन्टल्याण्ड क्षेत्रको सरकारले अमेरिकी सेनाको कारबाहीमा इस्लामिक स्टेट (आइएस) समूहका ’प्रमुख व्यक्तिहरू’ मारिएको आइतबार बताएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार राति हवाई आक्रमणको घोषणा गर्दै ट्रुथ सोसल प्लेटफर्ममा आफूले सोमालियामा आइएसका वरिष्ठ आक्रमण योजनाकार र अन्य आतङ्ककारीमाथि सटीक सैन्य हवाई आक्रमणको आदेश दिएको बताउनुभएको थियो ।

सोमालियामा अलकायदासँग सम्बन्धित अल–शबाबको तुलनामा आइएसको उपस्थिति तुलनात्मक रूपमा कम छ, तर बढ्दो गतिविधिबारे विज्ञहरूले चेतावनी दिएका छन् ।

सोमालियाको उत्तरी क्षेत्रमा पन्टल्याण्ड डिफेन्स फोर्सेजले गत डिसेम्बरदेखि आइएसविरुद्ध अभियान सञ्चालन गरिरहेको छ । उक्त कट्टरपन्थी समूहले गोलिस पर्वतमा आफ्नो उपस्थिति स्थापित गरेको बताइएको छ ।

“हालैका हवाई आक्रमणले आइएसआइएसभित्रका प्रमुख व्यक्तिहरूलाई निष्प्रभावी बनाएको छ, जुन हाम्रो अभियानको दोस्रो चरणमा प्रवेश गर्दै गर्दा भएको महत्वपूर्ण प्रगति हो,” क्षेत्रीय सरकारले आइतबार आईएस समूहको वैकल्पिक नाम प्रयोग गर्दै भनेको छ।

Advertisement

उसले हवाई हमलामा अमेरिकी संलग्नतालाई ‘अमूल्य’ भनेको छ र ‘हार्दिक कृतज्ञता’ व्यक्त गरेको छ तर वक्तव्यमा आक्रमणको बारेमा थप विवरण दिइएको छैन।

मोगादिशुमा सोमालीसरकारले जारी गरेको वक्तव्यमा बारी क्षेत्रमा सोमाली र अमेरिकी सरकारहरूले संयुक्त रूपमा आइएसविरूद्धको कारबाहीको समन्वय गरेको र यसले ‘आईएसका वरिष्ठ नेताहरू’ लाई लक्षित गरेको उल्लेख गरिएको छ।

राष्ट्रपति हसन शेख मोहमुदलाई शनिबार राति भएको आक्रमणका बारेमा जानकारी गराइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उहाँले एक्समा आइतवार एक पोस्टमा आक्रमणपछि वासिङ्टनप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “आतङ्कवादले पुन्टल्याण्ड राज्य र सम्पूर्ण सोमालियामा न त साथी भेट्टाउनेछ, न त आश्रयका लागि कुनै ठाउँ नै पाउनेछ ।”

अमेरिकी रक्षामन्त्री पीट हेगसेथले हवाई आक्रमणमा धेरै लडाकू मारिएको प्रारम्भिक अनुमान गरिएको बताउनुभएको छ ।

उहाँले आक्रमणमा कुनै पनि सर्वसाधारणलाई क्षति नपुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री