
गण्डकी र लुम्बिनी प्रदेशको सङ्गम स्थल राम नदी धार्मिक पर्यटकीय हिसाबले परिचित रहेको छ । गल्याङ नगरपालिका १ स्याङ्जा र बगनासकाली गाउँपालिका ५ रहेको छ रामनदी धाम ।
राम नदी धार्मिक पर्यटकीय हिसाबले जति प्रख्यात छ, त्यो भन्दा बढी शबदाहको लागि समेत परिचित रहेको छ । शबदाहको लागि दैनिक खाली नरहने यहाँ व्यवस्थित शबदाह गृहको नुहदाँ सबैको ठुलो समस्या बनेको छ । पाल्पा क्षेत्रमा सामान्य सवदाह गर्ने ठाउँ बनाउने प्रयास गरेर पनि स्याङ्जा क्षेत्रमा कुनै प्रयास हुन नसकेको हो । कालिगण्डकीको किनारमा गरिने शबदाह पानी पर्दा वा वर्षामा भने भिजी/भिजी र सब नै भिजाएर जलाउनु पने बाध्यता रहेको छ ।
पुतली बजार नगरपालिका १ का नवीन अर्यालले सबै क्षेत्रबाट परिचित राम नदीमा सब दाहको समस्या रहेको र बनाउन सबैको चासो जानुपर्ने बताउनुभयो । उहाँले हजुर आमाको दाहसंस्कारको लागि राम नदीमा पानी परेको र भिजेर भए पनि वैदिक कर्म गर्नु परेको बताउनुभयो । सामान्य बनाएको बाटो समेत वर्षाको बाढीले बगाएको बताउँदै अर्यालले उचित व्यवस्थापन नहुँदा दाहसंस्कारका कारण काल गण्डकी छेउ समेत दुर्गन्धित रहेको बताउनुभयो । यहाँ पानीले आगो निभेपछि जलाउँदै गरेको सब गण्डकीमै यसै छाडेर हिँड्नुपर्ने बाध्यता मलामीलाई रहेको छ ।
राामनदी घाटको व्यवस्थापन यहाँको संस्कृत गुरुकुलले जिम्मेवारी लिएर काम गरेको बताउँदै गुरुकुलका प्रमुख कृष्ण बस्यालले सबै क्षेत्रबाट ध्यान नपुगेको बताउनुभयो । विगतमा थोरै सब दाहको लागि ल्याउने गरेको बताउँदै बस्यालले यहाँ वैदिक संस्कार गरे मुक्ति पाउने हिसाबले बढ्दै गएको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया