आइतबार, २३ वैशाख २०८१

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०८० फागुन ४ गते ९:२५

Advertisement

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १ गतेदेखि निष्कनशन तथा बिक्री खुला गरेको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ मा आवेदन दिने आज अन्थिम दिन रहेको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने

बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

Advertisement

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री