आइतबार, २३ वैशाख २०८१

११.४५ % ले बढ्यो एशियन लाइफको खुद नाफा

समयपोष्ट २०८० माघ २८ गते १०:०४

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ९.६१ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी ८.२३ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी ९.६३ प्रतिशत बढेको छ भने कुल खर्च ३.५६ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९० पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ६७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९३ पैसा रहेको छ।

Advertisement

३ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २१ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४४ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री