कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभुति सम्झौता
बझास्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडले आइपिओ जारी गर्ने भएको छ ।
कम्पनीको कालंगा कम्प्लेस ललितपूरमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबिच त्रिपक्षिय सम्झौता भएको छ ।
हाइड्रोले जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको गरेको हो ।
जारी पूँजी रु.१ अर्व ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।
प्रतिक्रिया