कालंगा हाईड्रोको शेयर प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल नियुक्त
कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्ने आईपीओको प्रत्यभूतिमा ज्योति क्यापिटल नियुक्त भएको छ ।
बिहीबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल, र कालंगा हाईड्रो लिमिटेडको तर्फबाट सञ्चालक तिर्थराज चटौतले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कालंगा हाईड्रोले निष्काशन गर्ने शेयर पूर्ण रुपमा बिक्री नभएमा बिक्री नभएको शेयर ज्योति क्यापिटलले खरिद गर्ने छ ।
कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि प्रति शेयर अङ्कित मूल्य रु. १०० का दरले कुल ने.रु. ४९,००,००,००० (अक्षरेपी उन्नचास करोड रुपैयाँ मात्र) बराबरको ४९,००,००० थान साधारण शेयर मध्ये ३४,९०,००,०००(अक्षरेपी चौतीस करोड नब्बे लाख रुपैंया मात्र) बराबरको ३४,९०,००० थान साधारण शेयर निष्काशन गर्न लागेको हो।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।
प्रतिक्रिया