आइतबार, ६ जेठ २०८१

कुमारी बैंकले विद्युतीय सवारी साधन कर्जा प्रदान गर्ने

समयपोष्ट २०७९ फागुन १५ गते १९:०२

Advertisement

कुमारी बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लिबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले आफ्नाशाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउन उक्त सम्झौता गरेको जनाएको छ ।

यससंगै बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै कर्जाको अवधी ८ वर्ष सम्म रहने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको
बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री