मंगलबार, १८ वैशाख २०८१

सगरमाथा इन्स्योरेन्सको खुद नाफा १७ करोड ९३ लाख

समयपोष्ट २०७९ माघ २९ गते १२:१०

Advertisement

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ७२ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७७ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत १६ करोड ७० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २९ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री