मंगलबार, १८ वैशाख २०८१

८१ प्रतिशतले बढ्यो सूर्यज्योति लाइफको खुद नाफा

समयपोष्ट २०७९ माघ २९ गते ११:५२

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सूर्यज्योति लाइफ इन्स्योरेन्सले २८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ८१ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आथिृक वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ४४ कोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

कम्पनीले ८२ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले यस अवधिसम्ममा बढी दाबी तिरेको देखिएको छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ संचिती रहेको छ । गत वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६८ कोड ९० लाख रकम थियो । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ५७ करोड थियो । गत वर्षको तुलनामा जीवन बीमा कोषको आकार बढेको हो ।

कम्पनीले यस त्रैमाससम्ममा २ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५० पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ६७ पैसा रहेको छ । ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री