मंगलबार, १८ वैशाख २०८१

एलआइसी नेपालको जीवन बीमा कोष १ खर्बमाथि पुग्यो

समयपोष्ट २०७९ माघ २८ गते १२:३३

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोषमा एक खर्ब १ अर्ब २१ करोड ४६ लाख पुर्याएको छ । गत आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ ।

यस्तै महाविपत्ती कोषमा ३६ करोड १५ लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले यस अवधीमा ८ अर्ब ६८ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको बीमांकिय मुल्यांकन अघिको खुद नाफा २८.४२ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ३ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ र बीमालेख धितोमा २० अर्ब ८० करोड ८५ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब १२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात ४१८.६९ गुणा बढी रहेको छ ।

यस अवधिमा इन्स्योरेन्सले ६ लाख ८९ हजार ७४७ वटा बीमालेख जारी गरेर ८ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १० हजार ५० वटा दाबी बापत ३ अर्ब ९८ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४१ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री