मंगलबार, १८ वैशाख २०८१

संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसादको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी

समयपोष्ट २०७९ माघ २५ गते १२:३२

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री