बुधबार, २६ वैशाख २०८१

भरतपुरमा १३२ केभी सबस्टेसन निर्माण गर्दै प्राधिकरण, जग्गा अधिग्रहण प्रक्रिया सुरु

समयपोष्ट २०७९ माघ २५ गते ११:४१

Advertisement

नेपाल विद्युत प्राधिकरणले चितवनमा १३२ केभी सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना प्रकाशित गर्दै सम्बद्ध जग्गाधनीलाई २१ दिनभित्र मुआब्जा दाबीसहित रितपूर्वक निवेदन दिन आग्रह गरिएको छ।

सबस्टेसनका लागि प्राधिकरणले  भरतपुर महानगरपालिका वडा नं २६ आसपासको क्षेत्रमा ४ बिघा जग्गा अधिग्रहण गर्ने भएको हो । त्यहाँको  २१ जनाको नाममा  जग्गा रहेको छ ।

सबस्टेसन निर्माणका लागि प्रस्तावित क्षेत्र नापजाँच भइसकेको छ।

Advertisement

तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने उल्लेख छ। चितवनको दक्षिण-पश्चिम क्षेत्रको विद्युत आपूर्ति प्रणालीलाइ पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन धौवादी-मेघौली १३२ केभी प्रसारणलाइन अन्तर्गत सबस्टेसन निर्माण गर्न लागिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री