मंगलबार, २५ वैशाख २०८१

भोलिदेखि बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन दैनिक चार घण्टा बन्द

समयपोष्ट २०७९ माघ २५ गते ८:४८

Advertisement

बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन भोलिदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले बुधबार सूचना जारी गर्दै बिहीबारदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण बन्द हुने जनाएको छ ।

कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१३ बडेरास्थित न्यु बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसिटी १६ को टावर निर्माण गर्नुपर्ने भएकाले बुटवल-बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन बन्द हुने सूचनामा लेखिएको छ ।

प्रसारण लाइन बन्द हुँदा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल, मैनीहवा सब-स्टेसनहरुबाट सञ्चालित औद्योगिक तथा आवश्यकता अनुसार अन्य ग्राहकहरुमा पनि विद्युत सेवा अबरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री