बुधबार, १२ वैशाख २०८१

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोखरेल नियुक्त

समयपोष्ट २०७९ माघ १९ गते १४:०७

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल पुन: नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

बैंकमा आबद्व हुनु अगाडि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन्। व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव पोखरेलसँग छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री