मंगलबार, १ जेठ २०८१

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष यूरोपियन अन्तरराष्ट्रिय विश्वविविद्यालयबाट सम्मानित

समयपोष्ट २०७८ फागुन १३ गते १६:४८

Advertisement

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल यूरोपियन इन्टरनेशनल यूनिभर्सिटी पेरिस, फ्रान्सद्वारा प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस म्यानेजमेन्ट (विद्यावारीधीको मानार्थ) उपाधीबाट सम्मानित भएका छन् ।

उनको कुशल व्यवस्थापन र उनले व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै थाईल्याण्डमा आयोजित एक समारोह विच उनलाई विद्यावारीधी प्रदान गरेको छ ।

डा.सुरेन्द्र कुमार गोयल स्थापनाकाल देखिनै शिवम् सिमेन्टमा आबद्ध रही शिवम् सिमेन्टलाई छोटो समयमा ग्राहकहरु माझ लोकप्रिय ब्राण्ड बनाउन सफल भएका छन् ।

उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा नै शिवम् सिमेन्ट नेपालको उत्कृष्ट एवम् गुणस्तरीय ब्राण्ड बन्नुका साथ साथै सर्वसाधारणमा शेयर निस्काशन गरी उच्च प्रतिफल दिने नेपालकै पहिलो लिमिटेड कम्पनी बन्न सफल भएको कम्पनीले बताएकाे छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री