रुसी सेनाको आक्रमणमा १३७ युक्रेनी मारिए

रुसी सेनाको आक्रमणमा १३७ जना युक्रेनी नागरिक मारिएका छन् ।

Advertisement

रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको र १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।

मृत्यु हुनेमा सर्वसाधारण नागरिक पनि छन् ।

रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरु रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री