शुक्रबार, ४ जेठ २०८१

ज्योति लाईफले आईपीओ जारी भएको पहिलो बर्षमै पारित गर्यो १०% बोनस शेयर प्रस्ताव

समयपोष्ट २०७८ फागुन ६ गते १८:४३

Advertisement

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फाल्गुण ०६ गते शुक्रबार सम्पन्न भएको छ ।

उक्त सभाले आ. व. ०७६/७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.०७६/७७ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु र पेश गर्नुका साथै आ.व.०७६/७७ को लागि  बाह्य लेखापरीक्षक नियुक्ति गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

साथै उक्त सभामा ज्योति लाईफले आफ्ना शेयरधनीहरुमा १० प्रतिशतले हुन आउने रु. बाईस करोड बराबरको बाईस लाख कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र यसका साथै ज्योति लाईफको चुक्ता पुँजी रु. २ अर्ब ४२ करोड कायम भएको छ ।

कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूह-क तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र  साधारण शेयरधनी समुह-ख  तर्फ कौशल नौलखा र प्रिया तायल चयन हुनुभएको,  साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित हुनुभएको तथ्य प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जानकारी दिनुभयो ।

Advertisement

६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा/उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री