बुधबार, २ जेठ २०८१

टेलिकमको भ्यालेन्टाइन अफर

समयपोष्ट २०७८ फागुन १ गते १७:५२

Advertisement

नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

भ्यालेन्टाइनको अवसरमा कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ अफर सार्वजनिक गरेको हो ।

टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एक दिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ । अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ । यो अफर सुचारू गर्न *१४१५*११# डायल गर्नुपर्नेछ । टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर लिन सकिने छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री