
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
आइतबारको भेटमा कोइराला र राष्ट्रपति भण्डारीबिच समसामयिक विषयमा छलफल भएको बताइएको छ । कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।
पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका नेता कोइरालाले राष्ट्रपति भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।









प्रतिक्रिया