बिहीबार, ३ जेठ २०८१

‘मेरो डाक्टर’ एप एक लाख बढी डाउनलोड

समयपोष्ट २०७८ माघ २५ गते १२:०९

Advertisement

मिदास टेक्नोलोजीको हेल्थकेयर ‘मेरो डाक्टर’ एप एकलाख बढी डाउनलोड भएको छ ।

स्थापनाको आठ महिनामा एपमार्फत ३५ हजार बढी बिरामीहरुलाई सेवा पु-याएको छ । साथै, यसमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले घरबाटै भुक्तानी गरी सेवा लिएका छन् । एपमार्फत ओ.पी.डी. टिकट लिँदा लाइन लाग्नुपर्ने झन्झटको साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीले गरेका छन् ।

दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापनमा पनि सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री