बुधबार, २ जेठ २०८१

बालाजुको लोलङ हाइटमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको समुद्धघाटन

समयपोष्ट २०७८ माघ २४ गते १३:३६

Advertisement

नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौं बालाजुको लोलङ हाइटमा सह–वितरण सोरुमको समुद्धघाटन गरिएको छ ।

माघ २३ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन बालाजु ईलेक्त्रिक ट्रेडर्सले गर्ने कम्पनीले जनाएको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको बालाजु इलेक्ट्रिक ट्रदेर्सले अव अझ बढी ग्राहकहरुकोमाझ प७३घढसग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने बालाजु ईलेक्त्रिक ट्रदेर्सका संचालक मानव श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री