बिहीबार, २० वैशाख २०८१

महालक्ष्मी लाइफको खुद नाफा बढ्यो, खुद बीमाशुल्क ४३.६३ प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ माघ २४ गते ९:२६

Advertisement

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

यसैगरी समिक्षा अवधिसम्ममा कम्पनीले ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ४३.६३ प्रतिशतले बढी हो ।

त्यसैगरी कम्पनीले यस अवधिमा ७ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै गुणा वृद्धि गरेको छ ।

Advertisement

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ संचित छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ मात्र संचित थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा २ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री