आइतबार, २३ वैशाख २०८१

जोरपाटीमा डिशहोम फाईवरनेटको सह–वितरण शोरुमको समुद्धघाटन

समयपोष्ट २०७८ माघ २० गते १६:२२

Advertisement

नेपालभर ईन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह–वितरण शोरुमको सुभारम्भ गरेको छ ।

माघ १९ देखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ ।

शोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दीपा ईम्पेक्सले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।

Advertisement

१५ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दीपा ईम्पेक्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने दीपा ईम्पेक्सका संचालक सुवास तिमिल्सीनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री