शनिबार, ८ वैशाख २०८१

सवारी दुर्घटनाको कारण एकको मृत्यु

समयपोष्ट २०७४ फागुन १५ गते १२:०२

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीका नायब सुब्बा हरिबहादुर नेपाली रहेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नंको मोटरसाइलकमा जाँदै गरेका नेपाली घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नंको ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नंको ट्र्याक्टरले किचेको थियो । अन्दाजी ४५ वर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका–४ निवासी रहेको खुल्न आएको छ ।

नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए । उनलाई राप्ती क्षेत्रीय अस्पताल पु¥याएलगत्तै प्रहरीले मृत घोषणा गरेका छ दुर्घटना दिउँसो ३ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको सर्रा नजिकै भएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामाग्री